निर्माणाधीन पोखरा बहुमुखीकोे भवनलाई मारवाडी भोजनालायको १५ लाख
पाेखरा | साउन ९, २०७९
पोखराको नयाँबजारस्थित पोखरा बहुमुखी क्याम्पसलाई मारवाडी भोजनालयकातर्फबाट सञ्चालक प्रेमचन्द उपाध्यायले १५ लाख रुपैयाँ सहयोग गरेका छन् ।
क्याम्पसले हाल शान्तिवनमा भवन निर्माण गरिरहेको छ । सोही भवन निर्माणमा थप टेवा पुगोस् भन्ने हेतुले बुवा सूर्यदेव उपाध्यायको स्मृतिमा उक्त रकम हस्तान्तरण गरेका हुन् ।
हस्तान्तरित रकम ग्रहण गर्दै क्याम्पस संचालक समितिका अध्यक्ष नरेन्द्रमान लालचनले सामुदायिक क्याम्पसको भवन निर्माण प्राप्त सहयोग अमूल्य रहेको बताए । लालचनले भने ‘उपाध्यायज्यूले प्रदान गरेको रकम आगामी दिनमा हाम्रा विद्यार्थीकालागि मारवाडी भोजनालयको मिठाईजस्तै स्वादिलो र पोषिलो हुनेछ ।’
उक्त अवसरमा सहयोगी उपाध्यायले सहयोग रकमबाट क्याम्पसले गूणस्तरीय र सबैकालागि शिक्षा प्रदान गर्न सकोस् भन्दै आफ्ना धारणा राखे । ‘शिक्षाभन्दा उत्तम र उपयोगी अन्य कुनै विधा छैन’ उपाध्यायले भने ‘पढे आफुमात्र हैन, देश बन्छ भन्ने बुवाको सोंच पुरा गर्न आफुले सानो सहयोग गरेको हुँ ।’
त्यस्तै, क्याम्पस प्रमुख शिशुकला पराजुलीले स्थापनाकालदेखि आफ्नै भवनमा पठनपाठन गर्ने सपना विपनातर्फ परिणत हुँदै गरेको धारणा राखिन् । प्रमुख पराजुलीले भनिन्, ‘आगामी शैक्षिकसत्रदेखि क्याम्पसको आफ्नै भवनबाट कक्षा सञ्चालन हुनेछ, हामी यसैको पूर्णतामा जुटेका छौं ।’
क्याम्पसमा बिहानी सत्रमा मानविकी र व्यवस्थापन संकायमा स्नातकतहको अध्यापन हुँदै आएको छ । क्याम्पस भवन सञ्चालनमा आउनेबित्तकै अन्य संकाय थपिने क्याम्पसले जनाएको छ ।
‘क्यूएए’ प्रमाणपत्र लिने तयारीमा रहेको क्याम्पसमा हाल ४ सय हाराहारीमा विद्यार्थी छन् ।
पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् । शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...
कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ८ः३४ मिनेट जाँदा कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु...
पोखरा । नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसरमा पोखरामा अन्तर्राष्ट्रिय व्यवसाय अनुभव सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ । चेम्बर अफ कमर्सका सदस्य व्यवसायीहरूलाई अन्तर्राष्ट्रिय बजार...

